supa-mantri supa-mantri

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार विस्तार गरेका छन्।

सोमबार नेकपा एमालेका ३, नेकपा माओवादी केन्द्र ३ र नेकपा एकीकृत समाजवादीका १ मन्त्री नियुक्त गर्दै पद तथा गोपनियताको शपथ खाएका छन्।

नेकपा एमालेका सुरेन्द्र बहादुर पाल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भए। यस्तै, एमालेकै वीर बहादुर थापा र हिरा सार्कीलाई बिना विभागिय मन्त्री नियुक्त भए।

नेकपा माओवादी केन्द्रका ओम विक्रम भाट सामाजिक विकास मन्त्री नियुक्त हुँदा अक्कल बहादुर रावल र लक्ष्मी विकले बिना विभागीय मन्त्रीको शपथ खाए।

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वकर्ता नेकपा एकीकृत समाजवादीकी माया पन्तले पनि बिना विभागीय मन्त्री शपथ लिइन्। यो सँगै सुदूरपश्चिम प्रदेशमा मन्त्रीको संख्या १० पुगेको छ।

यसअघिदेखि नै नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार र टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री छन्। मुख्यमन्त्री सोडारीले आन्तरिक मामिला तथा कानून मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफू मातहत नै राखेका छन्।

By aryan

Leave a Reply

Your email address will not be published. Required fields are marked *