काठमाडौं : ललितपुरमा मंगलबार ‘श्रमाधान रोजगार मेला’ शुरु हुँदैछ। पाटन बहुमुखी क्याम्पसमा हुने मेलाको उद्घाटन शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले गर्ने कार्यक्रम छ। मेलामा बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालसहितको उपस्थित हुनेछ। 

मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एसोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघले गर्नेछन्। बुधबार सम्पन्न हुने मेलामा ८० निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष रहनेछन् । 

श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका उपसचिव एवं बागमती प्रदेशको श्रमाधान रोजागर मेलाका संयोजक डम्बर सुनुवारले रोजगारीको खोजीमा रहेका युवाका लागि श्रमाधान रोजगार मेला कोसेढुङ्गा साबित हुने बताए।

‘मेलाले रोजगारी मात्रै हैन, रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोग कसरी ल्याउने, सीपमा निखारता कसरी ल्याउने भन्नेबारेमा पनि जानकारी दिनेछ’, उनले भने।

यही जेठ १७ गते कोशी प्रदेशमा शुरु भएको श्रमाधान रोजगार मेला बागमती प्रदेशमा बुधबार सम्पन्न हुन लागेको हो। मेला प्रत्येक प्रदेशमा दुई/दुई दिन सञ्चालन भइरहेको हो।

By aryan

Leave a Reply

Your email address will not be published. Required fields are marked *